नेपालमा नर्सिङ शिक्षा

Saturday, December 12, 2009

युवामञ्च, २०६६ कात्तिक

नेपालमा नर्सिङ शिक्षा
राजेश दाहाल

नेपाली समाजमा हसौली-ठट्यौलीका रूपमा बोलिँदै आएको छोरी बिगि्रए नर्स र छोरा बिगि्रए कमर्श भन्ने आख्यान अहिले बेकारको उखान सावित भएको छ । आˆना छोरीहरूलाई नर्स नै बनाउने गरी अभिभावकको सोचमा आइरहेको परिवर्तनसँगै नर्सिङ शिक्षा पनि लोकपि्रय हुँदै गएको पाइन्छ । सामान्य अन्य शिक्षाभन्दा महँगो श्ािक्षाको रूपमा रहेको नर्सिङ शिक्षालाई नेपालमा रोजगारीको अवसर तथा सामाजिक प्रतिष्ठासँग जोडेर विद्यार्थी तथा अभिभावकले हेर्ने गरेका छन् ।

नेपालमा नर्सिङ विषय केटीहरूका लागि मात्र हो भन्ने मान्यताको विकास हुँदै गइरहेको छ । नेपाल नर्सिङ परिषद्का रजिष्टार जानकी केसीका अनुसार पहिले अनिवार्य दस प्रतिशत केटाहरूको लागि नर्सिङ विषय पढ्नका लागि कोटा व्यवस्था थियो तर पछि नर्सिङ केटाहरूलाई समाजले नर्सका रूपमा स्वीकार गर्न नसक्दा कोटा व्यवस्था खारेज गरियो । सुत्केरी गराउने स्थानमा केटाहरू जान नहुने तथा महिलाहरूको यौन रोगसम्बन्धी समस्या केटाहरूले हेर्न नहुनेजस्ता सामाजिक अवधारणाका कारण नेपालमा नर्सिङ केटाहरू बहिस्कार भएको उहाँको बुझाई छ । उहाँ भन्नुहुन्छ- "समाजले नै नर्स केटाहरूलाई बहिस्कार गरेपछि विस्तारै पुरुषहरू यसतर्फ आकषिर्त हुन छाडे र दस प्रतिशत अनिवार्य कोटा पनि हटाइयो ।"
नेपाल नर्सिङ परिषद्को तथ्याङ्कअनुसार परिषद्मा २५ हजार ९३५ जना विभिन्न तहका नर्सहरू दर्ता भएका छन् । तीमध्ये झण्डै १२ हजार स्टाफ नर्स र सोभन्दा माथिको अध्ययन गरेका छन् भने बाँकी सबै अनमी नर्सहरू छन् । नेपालमा नर्सहरू वाषिर्क भण्डै तीन हजारभन्दा बढीको सङ्ख्यामा उत्पादन हुने गरेको छ । हाल नेपालको सरकारी सेवातर्फ बढीमा चार हजार नर्स कार्यरत भएको अनुमान गरिएको छ निजी क्षेत्रका अस्पताल र अन्य निकायमा भने बढीमा छ हजार नर्स कार्यरत भएको अनुमान छ ।
परिषद्मा दर्ता भएका नर्सहरूमध्ये २० जना करिब केटा नर्सहरू रहेका छन् भने अन्य सबै महिला छन् । त्रिभुवन विश्वविद्यालयको एक अध्ययनले नेपालबाट बीएस्सी नर्सिङ गर्नेमध्ये ५० प्रतिशतको हाराहारीमा बाहिरी मुलुकमा कामका लागि जाने गरेको पाइन्छ । त्यस्तै स्नातकोत्तर नर्सिङ गर्नेहरू भने सबै पारिवारिक कारणले मुलुकमा नै बस्ने गरेका देखिन्छ । स्टाफ नर्स भइसकेकाहरूमध्ये पनि झण्डै ३० प्रतिशतको हाराहारीमा बाहिरी मुलुकमा जाने गरेका देखिन्छ ।
सीटीभीटीले वाषिर्करूपमा सबैभन्दा बढी नर्सिङ जनशक्ति
उत्पादन गर्ने गरेको छ । यस संस्थाले आङ्गकि र निजी क्षेत्रका ४३ वटा शिक्षालयमार्फत वाषिर्क एक हजार ८० स्टाफ नर्स तयार गर्दै आइरहेको छ । सीटीभीटीको प्रत्येक शिक्षालयबाट वाषिर्क ४० जनासम्म स्टाफ नर्स उत्पादन हुने गरेका छन् । अन्य विश्वविद्यालयहरूले पनि नर्सिङ विषयका विभिन्न तहमा पठनपाठन गराउँदै आएका छन् ।
विश्वका विभिन्न विश्वविद्यालय र कलेजले सञ्चालनमा गर्दै आएका स्नातकोत्तर तहको नर्सिङ विषयहरूमध्ये नेपालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजहरूमा केही मात्र विषयहरू पढाइ हुने गरेको छ । मुलुकलाई आवश्यकता भए पनि दक्ष शिक्षक र भौतिक पूर्वाधारको अभावका कारण नेपालमा अहिले पनि स्नातकोत्तर तहको नर्सिङमा साइक्याटि्रम नर्सिङ -मानसिक नर्सिङ), मिडब्याई नर्सिङ -महिला स्वास्थ्य), जेरियाटि्रक नर्सिङ -वृद्धा अवस्थामा स्याहारसुसार गर्ने) जस्ता विषयहरू पढाइ हुन सकेका छैनन् ।
नेपाल नर्सिङ परिषद्को आँकडाअनुसार नेपालमा नर्सिङ पढाइ हुने ७० वटा संस्थाहरू छन् भने ६०-७०को हाराहारीमा अनुमति लिन निवेदन दिएको अवस्थामा रहेको छ । नेपालमा सीटीभीटीपछिको सबैभन्दा बढी नर्सिङ अध्यापन गराउने संस्था पूर्वाञ्चल विश्वविद्यालय हो । यसअन्तर्गत भण्डै २० वटा कलेजले विभिन्न तहका नर्सिङ कक्षाहरू सञ्चालन गर्दै आएको छ ।
नेपालमा तीन तहको नर्सिङ पढाइ हुने गरेको छ । प्रवीणता प्रमाणपत्र तहको स्टाफ नर्स पढ्नका लागि एसएलसी उत्तीर्ण भएपछि निश्चित मापदण्ड पूरा गरेका विद्यार्थीले आवेदन दिन पाउने व्यवस्था छ । त्यस्तै बीएन नर्सिङ अध्ययनका लागि स्टाफ नर्स गरिसकेकाहरूका लागि ढोका खुला हुने गर्दछ । त्यस्तै बीएसी नर्सिङका लागि आईएसी तहको परीक्षा उत्तीर्ण गरेकाहरूले आवेदन गर्न सक्ने छन् भने एमएन नर्सिङका लागि बीएन नर्सिङ तथा बीएसी नर्सिङको अध्ययन समाप्त गरेर केही वर्ष सेवा गरेको हुनुपर्नेछ । सीटीभीटीबाट सम्बन्धन प्राप्त संस्थाहरूमा अध्यापन हुने अनमीका लागि भने एसएलसी तह अथवा दस कक्षा उत्तीर्ण भएको हुनुपर्ने प्रावधान छ ।
आईएस्ाीमा वायोलोजी विषय लिएर अध्ययन गर्ने प्रायः युवतीको पहिलो रोजाइ बीएस्सी नर्सिङ हुने गरेको देखिन्छ । नेपालमा झण्डै १४ वर्ष अगाडिबाट धरानस्थित वीपी कोइराला चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठानबाट सुरु भएको बीएस्सी नर्सिङ अहिले जहाँ कहीँ अध्ययन गर्न सकिने भएको छ ।
नेपालमा नर्सिङ विषयको अध्यापन गराउन छवटा निकायहरू सक्रिय रहेको पाइन्छ । ती निकायहरूले आफै पाठ्यक्रम निर्माण गरेर सो विषय अध्यापन गर्दै आइरहेका भए पनि पाठ्यक्रम भने त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रमसँग मिल्दोजुल्दो देखिन्छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्
-सीटीभीटी) बाट स्टाफ नर्स अध्यापनका लागि देश भरमा ४२ वटा कलेज र अनमीका लागि ४१ वटा संस्थाले सम्बन्धन प्राप्त गरेका छन् । दुवै तहका लागि कुनै पनि कलेज तथा संस्थाले एकपटकमा एक वर्षका लागि बढीमा ४० जना नयाँ विद्यार्थी भर्ना लिन पाउने व्यवस्था रहेको छ । सीटीभीटीको पीसीएल नर्सिङ अध्यापन विभिन्न आङ्गकि तथा निजी कलेजहरूम्ाार्फत हुने गरेको छ । एकेडेमिक कोर्सको रूपमा लिइएको यस स्टाफ नर्सको अध्ययन समाप्तिपछि कुनै पनि विद्यार्थीले बीएन तथा बीएस्सी नर्सिङ अध्ययन गर्न सक्नेछन् । यहाँ स्टाफ नर्स अध्ययन गर्न चाहने विद्यार्थीहरूले एसएलसी तहको परीक्षामा दोस्रो श्रेणीमा उत्तीर्ण भए पुग्दछ । सीटीभीटीले प्रत्येक वर्षको साउन महिनामा नयाँ भर्नाका लागि परीक्षा लिने गरेको छ ।
सीटीभीटीले आफैँले भने पाल्पाको तानसेनमा नर्सिङ कलेज सञ्चालनमा ल्याएको छ भने अन्य कलेजहरू निजी क्षेत्रबाट सञ्चालित छन् । तानसेनस्थित कलेजबाट स्टाफ नर्स अध्ययन गर्दा एक विद्यार्थीले तीन वर्षमा भण्डै डेढ लाख रुपियाँ खर्च बेहोनुपर्ने हुन्छ तर सोही विषय निजी क्षेत्रका कलेजबाट अध्ययन गर्दा तीनदेखि चार लाख्ा रुपियाँ तिर्नुपर्ने हुन्छ ।
त्रिभुवन विश्वविद्यालयले तयार गरेको पाठ्यक्रम पढाइ हुने यस निकायले स्वास्थ्यसँग सम्बन्धित जेनरल मेडिसिन, फार्मेसी, ल्याब प्रविधि, रेडियोलोजीलगायतका विषयमा अध्ययन गराउँदै आएको छ । सीटीभीटीबाट सम्बन्धन लिएर प्रवीणता प्रमाणपत्र तहको स्टाफ नर्स अध्यापन गराउने काठमाडाँै उपत्यकामा मात्र १७ वटा कलेज छन् । त्यस्तै चितवनमा पाचँवटा, कास्कीमा चारवटा, पाल्पा, मोरङ, झापा र धनुषामा दुई-दुईवटा छन् । त्यस्तै सुनसरी, सप्तरी, रूपन्देही, बाँके र पर्सामा एक-एक छन् ।
त्रिभुवन विश्वविद्यालयले नेपालमा प्रवीणता प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्मको नर्सिङ विषय अध्ययन-अध्यापन गराउने एक मात्र निकायको रूपमा पहिचान बनाएको छ । यस विश्वविद्यालयले महाराजगञ्ज नर्सिङ क्याम्पसका साथै थप छवटा क्याम्पसहरूलाई नर्सिङ विषय पढाउनका लागि सम्बन्धन प्रदान गरेको छ । विश्वव्ािद्यालयले नर्सिङ विषय अध्ययन अध्यापनका लागि पीसीएल नर्सिङदेखि स्नातकोत्तर तहसम्मको पाठ्यक्रम निर्माण गरेर पठनपाठनका लागि अनुमति दिँदै आएको छ । यसअन्तर्गत दुई वर्षे ब्याचलर इन नर्सिङ -पीवीवीएन), चार वर्षको बीएस्सी नर्सिङ, मास्टर्स ईन नर्सिङ -एम्ाएन्ा) र तीन वर्षे स्टाफ नर्सहरू पर्दछन् ।
आङ्गिक तथा निजी कलेजहरूम्ाार्फत नर्सिङ विषय सञ्चालन गर्दै आएको त्रिविविले सबै कलेजहरूमा स्टाफ नर्सतर्फ असोजमा, बीएन र बीएस्सीतर्फ कात्तिकमा र एमएन तर्फ चैतमा भर्ना लिने गरेको छ भने सो भर्नाका लागि एक महिना अगाडि इन्ट्रान्स लिने व्यवस्था गरेको छ । २०५२ सालबाट तीन विषयहरू एडल्ट नर्सिङ, ओमन हेल्थ एण्ड डेभलपमेन्ट नर्सिङ र पिगाडाइप्ाि्रक नर्सिङको पठनपाठन गराउँदै आएको महाराजगञ्ज नर्सिङ कलेजमा अहिले प्रत्येक वर्ष १८ जनाले एमएन गर्न सक्ने छन् । त्रिविविबाट सम्बन्धन प्राप्त ललितपुर नर्सिङ क्याम्पसले पनि २०६६ बाट पाँचवटा सिटमा एमएन नर्सिङको पढाइ सुरु गरेको छ । पोष्ट ग्रेजुएट सोसरहको यस तहको अध्ययन गर्न नेपालमा अन्य विश्वविद्यालयमा व्यवस्था छैन ।

0 comments: