फिटकरी

Thursday, December 17, 2009

  • पानी शुद्ध गर्ने काम : पानी शुद्ध गर्नु परेमा पाँच लाल (१ ग्राम) जती फिटकेरी एक गाग्री पानीमा हाल्नु पर्छ । धेरै पानी सफा पार्नु परे त्यही मात्रामा फिटकरी हाल्नु पर्छ, पानी बिशुद्ध हुन्छ ।
  • आँखाको रोग : फिटकरी १ ग्राम, नून १ ग्राम, १०० ग्राम पानीमा फिटेर आँखामा १-२ थोपा लगाउने गरे आँखा रातो भएको, आँखा सुन्निएको, आँखाबाट पानी आउने रोग जाती हुन्छ ।
  • पोलेको फिटकरी एक ग्राम मसिनो पिसेर एउटा खुबै सफा शिशिमा हाली एक सय ग्राम पानीमा फिटेर २-२ थोपा बिहान-बेलुकी आँखामा लगाउने गरे आँखा दुखेको र आँखा रातो भएको जाती हुन्छ । याद गर्नु पर्ने कुरा : फिटकरी कहिले पनि पिसेर त्यसै लाउनु हुँदैन । यसो गर्नाले आँखा फुट्छ । ( माथि लेखे बमोजिम फिटकरी पानीमा मिसाइ प्रयोग गर्नुपर्छ । )

1 comments:

Basanta said...

A very useful blog!