Saturday, January 30, 2010
बाग्लुङ जिल्ला भकुण्डे गा. वि. स. अन्तर्गत २ नं. वडाका महिलाहरू जागरूक भएका छन् । यसको ज्वलन्त उदाहरण मिलिजुली महिला समुहको प्रारम्भीक गतिविधी हो । उक्त समुह गठन भएको तिन महिना पनि बितेको छैन तैपनि समाजमा उदाहरणीय कार्य गरेर देखाइदिएको छ । समाजमा धेरै पटक प्रयास गरेपनि सफल हुन नसकेको जुवा तास, जाँड रक्सी रहित समाज निर्माण गर्न हैसीएको उक्त समुहले प्रारम्भीक चरणमा जुवा तास, जाँड रक्सी न्यूनीकरण गर्ने, अन्तीम चरणमा चाँही पूर्ण निर्मुल गर्ने लक्ष्य लिएका छन् ।
उक्त समुहको अध्यक्षमा श्री रनकला थापा, सचिवमा श्री लक्ष्मी था्पा, कोषाध्यक्षमा श्री इन्द्रा थापा लगायतका २५ सदस्यहरू अाबध्द छन् । समुहमा नियमित बचत पनि गर्दै अाएको र उक्त बचतलाइ अायमूलक कार्यमा लगाएको छाै भनि समुहका सदस्य अप्सरा थापाले भकुण्डे डट कमलाइ बताउनु भयो ।
Read more >>