केही महत्त्वपूर्ण वनौषधी

Saturday, December 12, 2009

वनस्पतिले हाम्रो जीवनमा महìवपूर्ण भूमिका निर्वाह गर्दछ । वनस्पतिविना जीवनको कल्पनासम्म पनि गर्न सकिँदैन । हावापानी, ताप, ऊर्जा, झारपात, कन्दमूल, फलफूल, काठपात र औषधिहरूले प्राणी जीवनमा प्रत्यक्ष प्रभाव पार्दछ । कतिपय बोटबिरुवा बुट्यान फूल रोगप्रतिरोधक शक्ति भएका र औषधिमूलक पनि हुन्छन् । आयुर्वेदिक प्रणाली मात्र होइन आजका आधुनिक औषधिको स्रोत वनस्पति नै हुन् । हामी आजको आधुनिक जीवनलाई अँगाल्ने होड बाजीमा सानातिना र प्राथमिक उपचारसम्म पनि नगरी ठूलाठूला औषधि खाने र खुवाउने गर्छौँ ।हाम्रै वरपर भएका बोटबिरुवा, झारपातबाट पनि फाइदा लिन सक्छौँ तर त्यसबारे हामीलाई पूर्ण जानकारी हुनुपर्छ । यस्ता वनस्पतिहरूबाट तयार गरिएका औषधि हानिकारक हुँदैनन् । यसले समय र पैसाको बचत मात्र नगरी साना तथा प्राथमिक उपचारसमेत गर्दछ ।
रोग प्रतिरोधक शक्ति भएका केही झारपात, बोट विरुवा, फलफूलबारे जानौं ।
तुलसीः तुलसीको नियमित सेवनले अर्बुद र टिबीजस्ता रोग निको हुने र यो भएको स्थानमा स्वच्छ हावा हुन्छ । तुलसीको पात, डाँठ र मञ्जरी सबै प्रयोगमा आउँछ ।
कागतीझार -लेमनग्रास)ः यसबाट प्रशोधनका सामान बनाइन्छ ।
नीम- नीमको हाँगा, पात, डाँढ र गेडामा रोगप्रतिरोधक शक्ति भएको हुँदा पात उमालेर स्नान गर्दा चर्मरोग घाउ, खटिरा, डाँठले ब्रस गर्दा गिजा र दाँतमा लाग्ने रोग नियन्त्रण हुने र गेडाबाट निस्केको तेल र पिनाले पनि ओषधि तथा बोटबिरुवामा मलको काम गर्दछ ।
सर्पगन्धाः- यो बिरुवा रोपेको तीन वर्षमा प्रयोग गर्न सकिन्छ । यसको जरा कुटेर रस खाँदा उच्चरक्तचाप कम र नियन्त्रण हुन्छ ।
अमलाः- यो अत्यन्तै बहुगुणी फल हो यसको दिनहुँ सेवनले रुघाखोकी र छातीको रोग निको हुन्छ । अमलाको रसले दिनदिनै नुहाउनाले कपाल कालो नरम र नझर्ने हुन्छ ।
जटाकुसुमः- यसको नियमित प्रयोगले पेटको रोग निको हुन्छ ।
सल्लोः- यसको हावामा रोग प्रतिरोधक शक्ति हुने हुँदा दीर्घरोगीलाई निको बनाउन मद्दत गर्छ ।
घिउकुमारीः- प्रसाधनका सामान बनाउँदा यसको प्रयोग गरिन्छ । दुःखेपोलेको ठाउँमा थिचेर लगाउँदा निको हुन्छ ।
सिस्नुः- यसको सेवनले चिनीरोग
-सुगर) नियन्त्रण हुन्छ ।
पाखनवेदः- यसले पाठेघरसम्बन्धी रोगको निदान गर्छ ।
जौः- यो धार्मिक रूपमा पनि महìव वस्तु मात्र नभई चिनीरोगमा पनि यसको प्रयोग हुन्छ ।
रुद्राक्षः- सधैँ घोटेर खाँदा यसले स्मरणशक्ति वृद्धि हुन्छ ।
करबीर, गन्धेझार, सयपत्रीः यी तीनैको काम काटेको ठाउँमा रगत बन्द गर्ने हो । यसको रस वा लेप लगाउनाले घाउ पाक्न पाउँदैन र छिट्टै काटिएको स्थानमा जोडिएर निको हुन्छ ।
सिप्लिगानः- यो मूत्र रोगको लागि अचुक औषधि मानिन्छ । यसको मुन्टाको तरकारी, अचार बनाएर खाइन्छ । यसको रूखको बोक्राको रस खाँदासमेत पिसाबसम्बन्धी रोग निको हुन्छ ।
चिप्लेकीरा गहुँत र सिस्नुको लेपः- चिप्लेकीरा र सिलुको लेपलाई गहुँतमा पकाएर भाँच्चिएको ठाउँमा मनतातो पारी राम्ररी लगाउने र नेपाली कागजले बाँधेमा केही समयपछि हाड आफैँ जोडिन्छ । यसले आधुनिक प्लाष्टरको काम गर्दछ ।
काँस बाँस र लज्जावतीको जराः- यी तीनवटै वनस्पति पत्थरी रोगको लागि अत्यन्तै उपयोगी हुन्छ । यसका जराहरू कुटेर रस निकालेर नियमित एकहप्ता पिउनाले पत्थरी सुरुको अवस्थाको निको हुन्छ ।
असुरोः- यो वनस्पतिको पात जम्मा गरी उसिनी त्यसको रस पकाएर सानासाना गोली बनाई दिनहुँ बिहान बेलुका खाँदा जस्तोसुकै गर्मी पनि ठीक गर्छ । जण्डिस अरुचिजस्ता समस्याबाट मुक्त भइन्छ ।
पिटुनिया फूल र सेतो दुबोः- यी दुवै वनस्पतिलाई बराबर भाग हालेर लेप वा मलम तयार गरी शरीरमा आएका सानातिना गिर्खामा लगाउँदा निको हुन्छ ।


युवामञ्च, २०६६ कात्तिक
सुदर्शन अधिकारी

0 comments: