फिटकरी

Thursday, December 17, 2009

  • पानी शुद्ध गर्ने काम : पानी शुद्ध गर्नु परेमा पाँच लाल (१ ग्राम) जती फिटकेरी एक गाग्री पानीमा हाल्नु पर्छ । धेरै पानी सफा पार्नु परे त्यही मात्रामा फिटकरी हाल्नु पर्छ, पानी बिशुद्ध हुन्छ ।
  • आँखाको रोग : फिटकरी १ ग्राम, नून १ ग्राम, १०० ग्राम पानीमा फिटेर आँखामा १-२ थोपा लगाउने गरे आँखा रातो भएको, आँखा सुन्निएको, आँखाबाट पानी आउने रोग जाती हुन्छ ।
  • पोलेको फिटकरी एक ग्राम मसिनो पिसेर एउटा खुबै सफा शिशिमा हाली एक सय ग्राम पानीमा फिटेर २-२ थोपा बिहान-बेलुकी आँखामा लगाउने गरे आँखा दुखेको र आँखा रातो भएको जाती हुन्छ । याद गर्नु पर्ने कुरा : फिटकरी कहिले पनि पिसेर त्यसै लाउनु हुँदैन । यसो गर्नाले आँखा फुट्छ । ( माथि लेखे बमोजिम फिटकरी पानीमा मिसाइ प्रयोग गर्नुपर्छ । )
Read more >>

नेपालमा नर्सिङ शिक्षा

Saturday, December 12, 2009

युवामञ्च, २०६६ कात्तिक

नेपालमा नर्सिङ शिक्षा
राजेश दाहाल

नेपाली समाजमा हसौली-ठट्यौलीका रूपमा बोलिँदै आएको छोरी बिगि्रए नर्स र छोरा बिगि्रए कमर्श भन्ने आख्यान अहिले बेकारको उखान सावित भएको छ । आˆना छोरीहरूलाई नर्स नै बनाउने गरी अभिभावकको सोचमा आइरहेको परिवर्तनसँगै नर्सिङ शिक्षा पनि लोकपि्रय हुँदै गएको पाइन्छ । सामान्य अन्य शिक्षाभन्दा महँगो श्ािक्षाको रूपमा रहेको नर्सिङ शिक्षालाई नेपालमा रोजगारीको अवसर तथा सामाजिक प्रतिष्ठासँग जोडेर विद्यार्थी तथा अभिभावकले हेर्ने गरेका छन् ।
Read more >>

नरिवलको महिमा

कमला श्रेष्ठ (प्रधान)


संस्कृत भाषामा लाड्ली, दृढफल आदि नामले पनि चिनिने नरिवललाई अङ्ग्रेजी भाषामा कोकोनट भनिन्छ । खजुली वंशको वनस्पतिमा पर्ने नरिवलको वैज्ञानिक नाम कोकस न्युसिफेरा हो ।
नरिवलको खेती समुद्रतटीय इलाकामा प्रशस्त हुने गर्दछ । खास गरी भारत, श्रीलङ्का, इण्डोनेसिया, फिलिपिन्स, इष्ट तथा वेस्ट इण्डिज र मध्यअमेरिकी देशमा पाइने नरिवल हाम्रो देश समुद्रको तटबाट टाढा रहे पनि पूर्वी नेपालका भित्री मधेस र तराईमा फल खेती मौलाएको पाइन्छ । नरिवल सात देखि आठ वर्षपछि फल दिन थाल्छ । नरिवललाई विशेष राम्रो मलजल दिन सकेमा ५० वर्षसम्म लगातार फल दिइरहन सक्छ । नरिवलको रूखको उचाइ ५० देखि १०० फिटसम्मको अग्लो हुने गर्दछ । एउटै बोटले वर्षमा ६० देखि एक सय वटासम्म फल दिन्छ ।
Read more >>

नेपाली महिलाको स्तर बढ्यो


नेपाली महिलालाई धेरै बधाई, तीन वर्षमा देशले विश्वको लैंगिक समानताको सूचांकमा ठूलो फड्को मारेकोमा । महिलाका क्षेत्रमा कार्य गरिरहेकाहरूले नेपाली महिलाको बढ्दो प्रगतिलाई ठूलो उपलब्धि मानेका छन् । देशमा व्याप्त हिंसा एवं महिला-पुरुषबीच बढ्दो असमानता भएको देशका रूपमा चिनिएको नेपाल महिलाका मामिलामा केही वर्षयता लगातार माथि उक्लिएको छ । यो सफलतासँगै भारत र पाकिस्तानजस्ता मुलुकलाई उछिनेर आफूलाई १ सय १० औं स्थानमा पुगेको छ । अझै पनि ग्रामीण क्षेत्रमा महिलालाई साधन र स्रोतबाट वञ्चित गरिने अवस्थाको अन्त्य नभए पनि पछिल्लो तथ्यांकले महिलालाई गौरवान्वित बनाएको छ ।
Read more >>

मधुमेह ख्याल राख्नैपर्ने रोग

स्वास्थ्य क्षेत्रमा जटिल समस्याका रूपमा देखापरेका रोगहरूमध्ये डायविटिज अर्थात् मधुमेह पनि एक हो । यो मानिसको रहन-सहन एवं व्यवहारका कारण आइपर्ने रोग हो । आजको युगमा मानिसमा आमूल परिवर्तन आएको छ । मानसिक तनावजस्ता समस्याहरूका कारण संसारभरिकै विकसित-अविकसित मुलुकहरूमा यो रोग बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२५ सम्म डायविटिजका रोगीहरूको संख्या ३० करोड पुग्ने दाबी गरेको छ ।

के हो डायविटिज ?

Read more >>

केही महत्त्वपूर्ण वनौषधी

वनस्पतिले हाम्रो जीवनमा महìवपूर्ण भूमिका निर्वाह गर्दछ । वनस्पतिविना जीवनको कल्पनासम्म पनि गर्न सकिँदैन । हावापानी, ताप, ऊर्जा, झारपात, कन्दमूल, फलफूल, काठपात र औषधिहरूले प्राणी जीवनमा प्रत्यक्ष प्रभाव पार्दछ । कतिपय बोटबिरुवा बुट्यान फूल रोगप्रतिरोधक शक्ति भएका र औषधिमूलक पनि हुन्छन् । आयुर्वेदिक प्रणाली मात्र होइन आजका आधुनिक औषधिको स्रोत वनस्पति नै हुन् । हामी आजको आधुनिक जीवनलाई अँगाल्ने होड बाजीमा सानातिना र प्राथमिक उपचारसम्म पनि नगरी ठूलाठूला औषधि खाने र खुवाउने गर्छौँ ।
Read more >>

नेपाली जैविक हरियो चिया, आर्थीक क्रान्तिको सम्भावना ।

Monday, December 7, 2009


नेपाल विश्वको मानचित्रमा एक भूपरीबेष्ठिट मुलुक हो । आफ्नै मौलिकता,पर्यावरणीय žआर्कषण,प्राकृतिक मनोरम, विश्वको अग्ला हिम शिखरहरु र नदी नालाहरुले भरिएको देश, संसारको छानो सगरमाथाको देश, शान्तिको अग्रदुत गौतम बुद्धको जन्मथलो तपोभुमि नेपाल । विश्वको ०.००३% र एसियाको ०।०३% भुभाग ओगटेको नेपाल जैविक विविधताको हिसावले निकै उल्लेख्नीय र वैवहवशाली मानिन्छ । कुल भुभागको १२.५% ओगटेको नेपालमा ७५० थरी भन्दा बढी जडीबुटी पाइन्छ, जुन सम्पूर्ण यूरोप र अफ्रिकाको भन्दा बढी हो । तर विडम्वना जैविक विविधतामा यती सम्पन्नशाली भएर पनि यसको पहिचान, सम्वर्धन र प्रबर्धन गर्न नसक्दा वजार नपाएर खेर गएका ति जडिबुटीहरु विश्व वजारको अत्याधिक मागको कारण चोरी निकाशी दिन प्रतिदिन बढीरहेको छ।
Read more >>

कफीलाई राष्ट्रिय उत्पादनका रूपमा प्राथमिकता दिन सरकार तयार

Sunday, December 6, 2009


अन्तर्राष्ट्रिय बजारमा निकै ठूलो माग रहेको नेपाली कफीको विकासका लागि सरकारले सबै किसिमका प्रयास गर्ने प्रतिवद्धता जनाएको छ ।

राष्ट्रिय कफी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा सहभागी उपप्रधानमन्त्री तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदार र कृषि तथा सहकारी राज्यमन्त्री करिमा वेगमले नेपाली कफी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन आवश्यक नीतिगत निर्णय एवं तीनवर्षे कफी विकास कार्ययोजना लागू गर्न सरकारको प्रतिवद्धता जनाउनुभयो ।
Read more >>

कहाँ कति नेपाली ?


सानो मुलुक भए पनि नेपालमा जन्मिएका नागरिक विश्वभर पुगेका छन् । विश्वका धेरैजसो मुलुकमा नेपाली पुगेका भएपनि गैरआवासीय नेपाली संघको औपचारिक तथ्यांकअनुसार विश्वका ५५ मुलुकमा नेपाली संघले संगठन विस्तार गरेको छ ।

सरकारले भारतलगायत सार्क क्षेत्रमा गएका नेपालीलाई एनआरएनको मान्यता नदिने बताएकाले एनआरएन विश्व संघले पनि भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटानमा रहेका नेपालीको तथ्यांक संकलन गरेको छैन । भारतमा मात्रै लगभग २० लाख नेपाली रहेको अनुमान गरिएको छ ।

Read more >>